अल–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल, नेपालमा मुस्लिम विद्वान बुद्धिजीवि, उलमाहरूको पहिलो संस्था हो जसले मुस्ल्मि समुदायबीच बुद्धिविकासको निमित्त कलाकृति र सीपलाई संरचना लेख, पुस्तक संकलन सोधन र सृजनाको माध्यद्वारा अगाढी बढाउँदै धर्म संस्कृति, इतिहास साहित्यको क्षेत्रमा सक्दा योगदान दिनु नै हो । पुरानो लेखकका पुस्तकहरूलाई संकलन र संसोधन गरी मुद्रन र वितरनको कार्य सहित नया लेखन र संरचनात्मक कार्यहरूलाई प्रोत्साहनमा जोड दिनु पर्छ यस संस्थाको मुख्य उद्देश्य हो ।
अल नूर एवार्ड सन २०२३ मा सुरु भएको हो, विद्या कला संस्कृति र व्यवस्थापनमा लामो समयसम्म योगदान पु¥याउने महान व्यक्तित्वहरूको सम्मानमा पेश गरिने पुरस्कार,२०२३ मा यो पुरस्कार मौलाना मो. ऐयुब नदवी दारुल उलूम नूरुलइस्लामको निरीक्षक र व्यवस्थासमितिको सचिवलाई पेश गरिएको थियो २०२४मा स्वर्गीय मौलाना इस्लाम नदवी, मौलाना अब्बास नदवी मौलाना मुहम्मद वाएजुद्दीन नदवी र मौलाना मोहमद अली नदवीलाई, यस्तै २०२४ मा मौलाना मो. जमाल नदवी र स्व.मौलाना यासीन नदवी लाई प्रदान गरिने सम्पन्न भएको थियो । २०२६ मा अल्नूरको वर्तमान अध्यक्ष मौलाना मो. ईसा नदवी जयूलाई कदर स्वरुप प्रदान गरिएको हो ।
न् २०२४ मा अल–नुर सेन्टरद्वारा आयोजित गरिएको दुइदिवसीय गोष्ठिमा प्रस्तुत गरिएका लेख प्रबन्धहरूको संग्रह प्रकाशित भइसकेको छ। यो दुइदिने गोष्ठि मौलाना मोहम्मद इस्लाम नदवी, मौलाना मोहम्मद अब्बास नदवी र मौलाना मुहम्मद वाएजुद्दीन नदवी ज्यूको जीवनीमा लक्षित गरिएको थियो । यस प्रकाशनले तीन प्रख्यात इस्लामीविज्ञको जीवनीलाई मात्र दर्शाउँदैन यसले आगामी पुस्ताहरुलाई जीवनको मार्ग पनि प्रदान गर्दछ।
मूल्रय ने . रू. ३००
इस्लामी शिक्षा
अनुवादकः माैलाना जमील रमजान नदवी
मूल्यः १५० ने रु
मौलाना मो। एेयुब नदवीको िनबन्ध र रचनाहरूको संग्ह उर्दूभाषाामा
मूल्यः २५० ने रु
हज्रत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जीवनीमा आधारित किताब जगत दयालु
अनुवादकः मुहम्मद सुहैल नदवी
मूल्यः २५० ने रु
२०२२ मा मुख्य कार्यालयको उदघाटन समारोह
अल–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल एक शैक्षिक, रचनात्मक तथा गैर–नाफामूलक संस्था हो, जसको स्थापना नेपालमा मुस्लिम समुदायको साथ साथै देश र देशका अन्य सामुदायहरूको सेवाको उद्देश्यले गरिएको हो। हामी विश्वास गर्दछौँ कि शब्द र पुस्तक नै चेतना निर्माणका लागि राष्ट्रको सबैभन्दा शक्तिशाली हतियार हो। त्यसैले हामी सम्पदालाई सङ्कलन गर्ने, ज्ञानलाई फैलाउने र विज्ञानलाई अनुवाद गरी नेपालको हरेक घरसम्म र्पुयाउने प्रयासमा लागिरहेका छौँ।
हाम्रो सपना नेपाल र विश्वमा एक अग्रणी शैक्षिक तथा रचनात्मक दीपस्तम्भ बन्ने हो, जसले मध्यमार्गी इस्लामिक विचारधारालाई अँगाली शोध र अनुसन्धान सहित संस्कृतिक, भाषिक, साहित्यिक, समाजिक र ऐतिहासिक क्षेत्रमा योगदान पु¥याउनु, नेपाली समाजलाई उसको सम्पूर्ण भाषाहरूमा सेवा प्रदान गर्नु र मौलिक इस्लामिक पहिचानलाई बुद्धि र हृदय दुवैलाई सम्बोधन गर्ने आधुनिक शैलीमा प्रस्तुत गर्नु हो ।
हामी अल(नूर केन्द्रमा निम्नलिखित लक्ष्यहरू प्राप्त गर्नका लागि कार्यरत छौँः
१. वैज्ञानिक अनुसन्धानः नेपालमा मुसलमानहरूको वास्तविकताको बारेमा स्थलगत अनुसन्धान र अध्ययन गर्ने, उनीहरूको इतिहासलाई दस्तावेजीकरण गर्ने, र प्रमाणिक पुस्तकहरू तथा पत्रिकाहरू प्रकाशित गर्ने।
२. अनुवाद र प्रकाशनः अरबी र उर्दू भाषाका उच्चस्तरीय इस्लामिक पुस्तकहरूलाई नेपाली भाषामा अनुवाद गर्ने, वा यी तीनै भाषाहरूमा नयाँ पुस्तकहरू लेख्ने, र तिनलाई निःशुल्क वा न्यूनतम मूल्यमा छापेर प्रकाशित गर्ने
३. समाज सेवाः समाजमा जनचेतना जगाउन, भ्रमपूर्ण धारणाहरूलाई सच्याउन र नैतिक मूल्यहरूको प्रवद्र्धन गर्नका लागि गोष्ठी, प्रवचन तथा शैक्षिक र प्रशिक्षणात्मक कार्यक्रमहरू आयोजना गर्ने।
४. सभ्यतागत सम्बन्धः नेपालका मुसलमानहरू र इस्लामिक विश्वका बीच पुल निर्माण गर्ने, र इस्लामलाई मध्यमार्गी र शान्तिको धर्मको रूपमा चिनाउने।
५. डिजिटल कार्यः एउटा भौतिक पुस्तकालय, एउटा विद्युतीय पुस्तकालय र एउटा डिजिटल प्लेटफर्मको स्थापना गर्ने, जसले गर्दा यो उपमहाद्वीपका अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूका लागि पहिलो स्रोत बन्न सकोस्।
ٓअल–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल
मुख्य कार्यालयः दारुल उलूम नूरुल इस्लाम जल्पापुर, इनरुवा नं.पा.–१०, सुनुसरी नेपाल
सम्पर्क नं.:+977-9810441874/9812306468/9815328261
इमेल: alnoorrapcn@gmail.com