Search this site
Embedded Files
Al-Noor Research and Publishing Center
  • اردو
    • مرکز کی خبریں
    • سہ ماہی مجلہ النور نیپال
    • تعارف
    • مطبوعات
      • جستجوئیں میری
      • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
      • مجلہ النور خصوصی اشاعت
    • ذمہ داران
      • اراکین مجلس ادارت
        • مولانا محمد عیسی ندوی
        • ڈاکٹر حافط ابو البقاء ندوی
        • مولانا عبد المتین ندوی مظاہری
      • اراکین مجلس مشاورت
    • فوٹو گیلری
      • ویڈیو لنک
    • رابطہ کریں
      • پالیسی
  • العربية
    • نبذة عنا
    • الانشطة و الخدمات
    • المجلس التنفيذي
    • هيئة المجلس الاستشاري
    • اتصل بنا
      • الشروط
  • नेपाली
    • परिचय
    • सेवाहरु
    • इ. पुस्तकालय
    • सम्पर्क
      • सर्तहरू
Al-Noor Research and Publishing Center
  • اردو
    • مرکز کی خبریں
    • سہ ماہی مجلہ النور نیپال
    • تعارف
    • مطبوعات
      • جستجوئیں میری
      • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
      • مجلہ النور خصوصی اشاعت
    • ذمہ داران
      • اراکین مجلس ادارت
        • مولانا محمد عیسی ندوی
        • ڈاکٹر حافط ابو البقاء ندوی
        • مولانا عبد المتین ندوی مظاہری
      • اراکین مجلس مشاورت
    • فوٹو گیلری
      • ویڈیو لنک
    • رابطہ کریں
      • پالیسی
  • العربية
    • نبذة عنا
    • الانشطة و الخدمات
    • المجلس التنفيذي
    • هيئة المجلس الاستشاري
    • اتصل بنا
      • الشروط
  • नेपाली
    • परिचय
    • सेवाहरु
    • इ. पुस्तकालय
    • सम्पर्क
      • सर्तहरू
  • More
    • اردو
      • مرکز کی خبریں
      • سہ ماہی مجلہ النور نیپال
      • تعارف
      • مطبوعات
        • جستجوئیں میری
        • ضابطۂ تعلیم ۲۰۵۹ ایک خلاصہ
        • مجلہ النور خصوصی اشاعت
      • ذمہ داران
        • اراکین مجلس ادارت
          • مولانا محمد عیسی ندوی
          • ڈاکٹر حافط ابو البقاء ندوی
          • مولانا عبد المتین ندوی مظاہری
        • اراکین مجلس مشاورت
      • فوٹو گیلری
        • ویڈیو لنک
      • رابطہ کریں
        • پالیسی
    • العربية
      • نبذة عنا
      • الانشطة و الخدمات
      • المجلس التنفيذي
      • هيئة المجلس الاستشاري
      • اتصل بنا
        • الشروط
    • नेपाली
      • परिचय
      • सेवाहरु
      • इ. पुस्तकालय
      • सम्पर्क
        • सर्तहरू

اردو      العربية

مرکز النور للبحث و النشر نیپال

अल-नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टर नेपाल

Al-Noor Research And Publishing Center Nepal

गृह    परिचय सेवाहरु इ.पुस्तकालय सम्पर्क

सेवाहरु

प्रकाशन

जगत दयालु

अल्–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टरको मुख्य उद्देश्य पुस्तक शोधन र प्रकाशन अनुसार सबै भन्दा पहिले हज्रत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जीवनीमा आधारित मौलाना सैयिद सुलैमान नदवीको उर्दूभाषामा लोकप्रिय किताब रह्मते आलमको नेपाली भाषामा अनुवादित जगत दयालुको नामद्वारा प्रकाशनमा ल्याइयो । यो अनुवाद अल–नूरका महासचिव मुहम्मद सुहैल नदवीले गर्नु भएकोछ । यसको प्रकाशन र विमोचन २०२२ ई.मा सम्पन्न भयो । थप जानकारी काे लागि यहाँ क्लिक गर्नुहाेस् ।

जुस्तुजूएँ मेरी

उर्दू भाषामा प्रकाशित यो पुस्तक दारुल उलूम नूरुल इस्लाम जल्पापुरका व्यवस्थापनसमिति प्रमुख मौलाना मो. ऐयूब नदवीको विभिन्न लेख र रचनाहरूको संग्रह हो । यो विभिन्न लेख उहाँले तर्जुमाने मिल्लत नेपालको अङ्कहरूमा सम्पादकीय, निबन्ध, विश्लेषण र साहित्यिक रचनाका रुपमा प्रकाशित भएको थियो । सन् २०२३ मा यसको प्रकाशन र विमोचन कार्य सम्पन्न भएको छ । थप जानकारी

मजल्ला अल–नूर नेपाल

सन् २०२४ ई मा नेपालका तीन महान मुस्लिम विद्वान मौलाना मो इस्लाम नदवी, मौलाना मो. अब्बास नदवी र मौलाना मुहम्मद वाएजुद्दीन नदवीको जीवनी र योगदानमा आधारित दुइ दिवसीय गोष्ठिमा प्रस्तुत गरिएका निबन्धहरूलाई एकत्रित गरी मजल्ला अल्–नूर नेपाल विशेष पत्रिकाको रुपमा प्रकाशित गरिएको छ । यस विशेष पत्रिकामा उर्दू, अरबी र नेपाली भाषामा एउटै किताब भित्र विभिन्न लेखहरू पढन पाइन्छ ।

इस्लामी शिक्षाः

बालबालिकाहरूलाई इस्लाम धर्मका नियम विधि र साँकृतिक ज्ञानमा आधारित उर्दू भाषामा प्रख्यात पुस्तक तालीमुल इस्लामको नेपाली अनुवाद हो । अहिले सम्म दुइ भागको अनुवाद मात्र सम्पन्न भएकोछ र दुवै भागलाई एउटै पुस्तक भित्र प्रकाशित गरिएको छ । यसको अनुवाद मौलाना जमील रमजान नदवी गोरखालीले गर्नु भएको छ । 

शिक्षा ऐन नियमावली २०५९

नेपालको शिक्षा ऐन नियमावली २०५९ को सारांश उर्दू भाषामा डा. सलीम अन्सारीद्वारा गरिएको छ । यो पुस्तक निकट भविष्यमा प्रकाशनमा ल्याइने छ । 

सेमिनार र गोष्ठिहरू

सन् २०२२ १५ सेप्टेम्बरमा सबै भन्दा पहिलो जनकार्यक्रम आयोजित गरिएको थियो । यस कार्यक्रममा अल्–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टरको मुख्य कार्यालयको उदघाटन सहित जगत दयालुको विमोचन कार्य पनि सम्पन्न भएको थियो । यस कार्यक्रममा जिल्ला सुनसरी, सप्तरी सिरहा,मोरङ र झापा सहित भारतका छिमेकी जिल्ला अररिया र सुपौलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो यसरी यस कार्यक्रमद्वारा अल्–नूरको उद्देश्य र भावी कार्यक्रमहरूको एजेन्डा जनसमुदायमा प्रसारण गर्नु सफलता प्राप्त भएको थियो । 

२०२३ ई. मा अल–नूरको अभिभावक मौलाना मो. ऐयूब नदवीको किताब जुस्तुएँ मेरीको विमोचन कार्यक्रम आयोजित गरिएको थियो

२०२४ इ.मा नेपालका तीन स्वर्गीय विद्वान मौलाना मो. इस्लाम नदवी, मौलाना मो. अब्बास नदवी र मौलाना मुहम्मद वाएजुद्दीन नदवीको जीवनी  र योगदानमा आधारित  नेपालको उलमाको योगदान शीर्षकमा दुइ दिवसीय सेमिनार आयोजित गरिएको थियो । यो सेमिनार पहिलो दिन दारुल उलूम नूरुल इस्लाम जल्पापुर सुनसरीमा र अर्को दिन जामिआ सैयिदिना बिलाल बिन रबाह भोक्राहा सुनसरीमा सम्पन्न भएको थियो । 

२०२५इ.मा नेपालको मद्रसाहरुको शिक्षाप्रणलाी पाठ्यपुस्तक,व्यवस्था र आधुनिक आवश्यक्ताको शीर्षकमा एक दिने सेमिनार दारुल उलूम हिदायतुल इस्लाम इनरुवा सुनसरीको प्राङ्गन्मा आयोजित गरिएको थियो । यसमा सुनसरी सप्तरी सिरहा धनुषा काठमाडौ गोरखा मोरङ र झापाका प्रतिनिधिहरू सहभागी भएर विभिन्न सुझाव र सल्लाह दिनु भएको थियो । 

अल्–नूर एवार्ड

मुस्लिम समाजको समयान्तरमा धेरै विज्ञ र विद्वानहरूले समाज समुदाय र देशलाई सराहनीय योगदान पु¥याउनु भएको छ । तर कुनै संघ संस्था वा निकायहरूद्वारा उनीहरूको कदर सम्मानको निम्ति केही पहल नभएको स्थितिलाई महसुस गर्दै अल्–नूर रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टरले नया योजना आरम्भ गरेको छ । प्रत्येक वर्ष कुनै विशेष क्षेत्रमा योगदान पु¥याउनु भएका कुनै विद्वानलाई सम्मान गर्दै पुरस्कार प्रदान गरिने छ । यस पुरस्कारको नाम अल्–नूर एवार्ड राखिएको छ र प्रदान गरिने वर्ष सहित नामाङकन् गरिनेछ । यस पुरस्कारमा एउटा सम्मान–पत्र, शाल, बैग, शील्ड र नगद ने.रु. ५०००० हुनेछ । 

अल्–नूर एवार्ड २०२३ः 

सर्वपर्थम अल्–नूर एवार्ड २०२३ दारुल उलूम नूरुल इस्लाम जल्पापुर का व्यवीथापन समिति प्रमुख र अल्–नूरका अभिभावक मौलाना मो. ऐयुब नदवीको शैक्षिक, सामाजिक सेवामा पचास वर्षसम्म योगदान पु¥याउनु भएकोले यो पुरस्कार प्रदान गरियो ।

अल्–नूर एवार्ड २०२४ः 

तीन स्व्र्गीय विद्वानको नाममा आयोजित गोष्ठिमा उनीहरूको सामाजिक योगदानको कदर स्वरुप उनीहरूको मरनोप्रान्त उनका ज्यष्ठ सुपुत्रहरूलाई यो पुरस्कार हस्तान्त्रन गरिएको थियो ।

साथै दारुल उलूममा अर्को विद्वान मौलाना मोहम्मद अली नदवीलाई कदर गर्दै उनलाई पनि यो पुरस्कार प्रस्तुत गरिएको थियो । यसरी २०२४इ.मा चारवटा अल्–नूर एवार्ड २०२४ प्रदान गरियो ।

अल्–नूर एवार्ड २०२५ः

सन् २०२५ मा जल्पापुर मद्रसासँग सम्बध्ति दुइ प्रख्यात विद्वान मौलाना मो. यासीन नदवी र मौलाना मो. जमालुद्दीन नदवीको लामो समयसम्म समाजिक उपदेश र शैक्षिक योगदानको कदर गर्दै अल्–नूर एवार्ड २०२५ प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।

अल्–नूर एवार्ड २०२६ः

सन् २०२६ मा अल्–नूरु रिसर्च एण्ड पब्लिशिङ्ग सेन्टरका अध्यक्ष मौलाना मो. ईसा नदवी ज्यूलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको थियो । यसको लागि उहाँकै गृहपालिकामा अवथित मद्रसा निदाउल इस्लाम अमाही बेल्हामा एक दिवसीय कार्यक्रम आयोजित गरी यो एवार्ड प्रदान गरिएको थियो । 

 © 2026 All Rights Reserved Al-Noor Research and Publishing Center

Reg. No. 318018/080/081, PAN No.619755498Al-Noor Research And Publishing CenterInaruwa-10, Sunsari, NepalEmail: alnoorrapcn@gmail.com
Prepared by: M. Suhail Nadwi
We Accept Fonepay for Nepali Buyer or Donator with this scanner behalf of Al-Noor Research and Publishing Center
A/c. No. 2222170019598373
Rashtriya Banijya BankInaruwa. Sunsari
Google Sites
Report abuse
Page details
Page updated
Google Sites
Report abuse